विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गरिनेछः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताउनु भएको छ । शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै विमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताउनु भएको हो ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने बताउनु भयो सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको बताउदै मन्त्रि भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताउनुभयो ।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ ।

यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र वायुसेवाका कर्मचारीले टिकट संगै सामानमा लगाएको ट्यागको नं सोधेर सामान जिम्मा लगाउथे । अब यो सबै झन्झट हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?