कांग्रेसलाई हराउनेहरुलाई कारबाही गरिछाड्छुः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुलाई कारबाही गरिछाड्ने बताउनुभएको छ । नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही गर्ने र कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने बताउनुभयो ।

सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने स्पष्ट पार्नुभयो ।

अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ । यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?