५ वर्षीया बालिका अपहरण गरि बन्धक बनाउने पक्राउ, जंगलमा यस्तो अवस्थामा भेटिइन् बालिका

काठमाडौं । रुपन्देहीमा बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरि अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा–२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो ।

अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निगमले शुक्रबार बिहान रोहिणी गाउँपालिका–२ स्थित बैकुण्ठपुर घर भएकी ५ वर्षीया नाबालिकालाई अपहरण गरेका थिए । प्रहरीले बालिका अपहरणको खबर पाएलगत्तै खोजी तीव्र पारेको थियो ।

प्रहरीका अनुसार आफ्नो आँगनको घरमा खेलिरहेको बेला निगमले बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका थिए । निगम विगत १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार निगमले बालिका अपहरण गर्नुको कारण नखुलेको र प्रहरीको बयानमा पनि केही बताएका छैनन् । यसअघि बालिकाको परिवार र निगमको चिनजान समेत नरहेको पाइएको छ ।

अपहरणकारी निगममाथि प्रहरीले अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने तयारी गरेको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?