चिकित्सकहरुले डुेंगू रोगको संक्रमण हुन नदिन लामखुट्टेको टोकाईबाट बच्न सुझाव दिएका छन् ।
चिकित्सक डा. बासुदेव पाण्डेले लामखुट्टेको टोकाईबाट बच्न सके यो रोगबाट बच्न सकिने बताउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले डेंगू रोगको संक्रमण बढेपनि महामारीको रुपमा नफैलिएको पनि स्पष्ट पार्नु भयो । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहनु भएका उहाँले धेरैजसोमा सो रोगको सामान्य संक्रमणमात्रै देखिएको पनि स्पष्ट पार्नु भयो ।
चिकित्सकहरुका अनुसार यो रोग नेपालमा महामारीको रुपमा फैलिएको छैन । यो रोगबाट बच्न सरकारले लामखुट्टे नियन्त्रण गर्ने अभियानलाई घरघरमा संचालन गरिरहेको पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले बताउनु भयो । उहाँले सबैभन्दा बढि सो रोगको संक्रमण कास्की जिल्लामा देखिएको पनि स्पष्ट पार्नु भयो ।
सरकारको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको छ । चिकित्सक लालले हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना, प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना सो रोगबाट संक्रमित भएको पनि बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया