आजदेखि दूधको मुल्य बढ्यो, कति पर्छ एक लिटरलाई ?

काठमाडौं । सरकारले आजदेखि लागूहुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य आजदेखि कार्यान्वयनमा आएको हो ।

अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरी सञ्चालकले पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?