झापाको बजेट ८२ करोड

दमक, २१ पुस । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ बिहीबार पहिलो नगरसभाले नगरपालिकाको रु ८२ करोड सात लाख ३६ हजार १९४ को अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । बजेटको चालु खर्चतर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात् रु ३८ करोड चार लाख ३२ हजार ४०० र पूँजीगत खर्चतर्फ ५३.६४ प्रतिशत अर्थात् रु ४४ करोड तीन लाख तीन हजार ७४४ विनियोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिए नगर प्रमुख शाहले गौरादह नगरलाई पर्यटकीय, शैक्षिक, व्यापारिक, व्यावसायिक तथा बसोबासयोग्य हरितसँगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमबाट जोड दिइएको बताए । नौवटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिब ६६ हजार पुगेको नगरपालिकाले जनाएको छ झापा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको नगरसभा उद्घाटन कार्यक्रममा निवर्तमान सांसद दीपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?