सप्तरी, २१ पुस । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् उहाँका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिला समूह बनेपछि एकैपटक परीक्षण भइरहेको जानकारी दिइएको छ यस परीक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा पठाइने गरेको संघले जनाएको छ संघले निःशुल्क परिवार नियोजनका अस्थायी साधन एवं निःशुल्क प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र सुरक्षित गर्भपतन सेवालगायतका अन्य सेवा दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया