८१ प्रतिशतभन्दा बढी हिन्दु भएको नेपालमा हिन्दु राष्ट्रको विकल्प छैनः डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गर्नुभएको छ । सिन्धुली जिल्लास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले नेता बनेर जनताको सेवा गर्ने नभएर सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढ्दै गएको दाबी गर्नुभयो । नेताहरुले अकुत सम्पत्ति आर्जन गरिरहेकाले उनीहरुको सम्पत्ति छानबिन गर्नपर्ने लोहनीको माग छ ।

अर्को प्रसंगमा उहाँले जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प नभएको दाबी गर्नुभयो ।

लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?