काठमाडौं – लम्बेतान अनिर्णय केही हल गरी ७२ साल असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरिएको हो ।नेपालको संविधान २०७२ नेपालको हालको संविधान हो । नेपालको तत्कालीन ‘संविधान सभा’ले बनाएको यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई(तिहाई भन्दा बढी मतले पारित गरेको हो । यसैबिच गृह मन्त्रालयले संविधान दिवस हर्षोल्लासका साथ मनाउन आह्वान गरेको छ । गृह मन्त्रालयका तर्फबाट जारी गरिएको सूचनामा ‘घरघरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दीपावली गरौं’ भनिएको छ ।
विभिन्न कार्यक्रममा प्रयोग गरिने झण्डाको आकारको सूचना यसअघि नै गृहमन्त्रालयले कार्यविधि सार्वजनिक गरेको थियो । गृहले संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रयोग गरिने टिसर्टको नमूनासमेत सार्वजनिक गरेको छ । सो टिसर्टमा मुटुमा पर्ने गरी राष्ट्रिय झण्डा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया