मापसे गरेका ट्र्याक्टर चालकको उदण्डता : घरको आँगनमा बसिरहेका किशोरको मृत्यु !

appharu
0
Shares


ट्र्याक्टरको ठक्करबाट दाङमा घरको आँगनमा बसिरहेका किशोरको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको हो । शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?