अमेरिका र तालिवानी विद्रोहीबीचको वार्ता रद्द, यस्तो छ कारण

appharu
0
Shares
तस्वीर गूगल


काठमाडौं – अमेरिकाले तालिवान विद्रोहीसँग गर्ने भनिएको शान्ति वार्ता रद्द भएको छ । निकै लामो कसरत पछि हुन लागेको यो वार्ता अन्तिममा आएर रद्ध भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अफगान राष्ट्रपति असरफ घानी र तालिवानका उच्च नेताहरूसँग वार्ता गर्ने तय भएको थियो । तर, ट्रम्पले एक ट्विट गर्दै तालिवानसँग तय वार्ता रद्द भएको बताएपछि अन्यौलता बढेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा हालै भएको आक्रमणपछि ट्रम्पले यो निर्णय गरेका हुन् । एक अमेरिकी सैनिकको ज्यान जाने गरी भएको उक्त आक्रमणको जिम्मा तालिवानले लिएको थियो । तयसैको झोंकमा राष्ट्रपति ट्रम्प वार्ताको लागी तयार नभएको अन्तर्राष्टिय सञ्चारमाधयमले जनाएका छन् ।

सन् २००१ देखि अफगानिस्तानका अधिकांश भूभागमा तालिवानले नियन्त्रण जमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?