गाई मारेको अभियोगमा पक्राउ

appharu
0
Shares

काठमाडौं- नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आईत तामाङलाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट जिल्लाका विभिन्न भागहरुबाट बटुलेर ल्याएका गाईगोरुलाई कुटपिट गर्दा १ वटा गाई मरेको तथा १ वटा गाई उठ्न नसक्ने गरी असक्त भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

२३ वटा गाई कसले मार्‍यो ?१ सय ५० भन्दा बढी घाइते भेटिए


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?