काठमाण्डौं – सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वलाई प्रतिबन्ध लगाएसगैँ विप्लव समुहका पाँच सयभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । यो बिचमा केहि नेता कार्यकर्ताको मृत्यु समेत भएको छ ।
यसैबिच विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य समेत रहनुभएका मोहन कार्कीले सरकार र विप्लब समुहबिचको वार्ता बारम्बार असफल भएको कारणबारे बोल्नुभएको छ । गत फागुन २८ गते सरकारले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । कार्की भन्नुहुन्छ, ‘यदि त्यो प्रतिवन्ध हटाउने हो भने समस्या हुँदैन ।’
सरकारले पटकपटक वार्ताको आह्वान गर्दा पनि विप्लव समूह वार्तामा नआएको सरकारको भनाई छ भने विप्लव समूह आफ्नो माग सम्बोधन नहुन्जेलसम्म वार्तामा नआउने ढिपी कसेर बसेको यो अवस्थामा कार्की भन्नुहुन्छ, ‘सरकार र विप्लव समूह दुवैसँग वार्ताको विकल्प छैन । ‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया