गाई तस्करी आरोपमा २ जना प्रहरी नियन्त्रणमा

appharu
0
Shares

नुवाकोट । प्रहरीले अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो।

बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षका राज तामाङ र ५४ वर्षका आइत तथा ११ वटा गाईसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बट्टारमा शनिबार एक गाई खाल्डोमा पुर्न लागेको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?