जिग्री–पाँडेको नयाँ टेलिसिरियल असोज २ बाट, नाम गोप्य

appharu
0
Shares

काठमाडौं । विवादमा तानिएको भद्रगोल टिम फुँटेसंगै जिग्री – पाँडे टिमले नयाँ टेलिसिरियल निर्माण गर्ने भएको छ ।

मिडिया हबसँगको विवादपछि भद्रगोलबाट छुट्टिएका कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’ लगायतका २१ जना कलकारहरू अब पुन टेलिभिजनको पर्दामा देखिने भएका छन् ।

आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराउनुभएको हो । उहाँले लेख्नु भएको छ । ‘हजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला ‘

असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार टेलिसिरियल हेर्न पाइने घिमिरेले जानकारी दिएपनि सिरियलको नाम भने खुलाइएको छैन । तस्वीर पाँडेकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?