काठमाडौं । प्रहरीले चोरी भएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको रामशाहपथस्थित महाशाखाको कार्यालय परिसरबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिएका सो मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरेको हो ।
त्यस क्रममा सो मोटरसाईकल चोरीमा संलग्न काठमाडौं नागार्जुनका २६ वर्षीय प्रदिप खड्गी, सोही ठाउँका २५ वर्षीय रोशन खड्कालाई पनि पक्राउ गरिएको महाशाखाका प्रमुख ढकालले जानकारी दिनु भयो । त्यसैगरी मोटरसाईकल चोरीमा संलग्न चितवनको २० वर्षीय अञ्जन विश्वकर्मालाई पनि काठमाडौंको सितापाईलाबाट पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया