काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग ‘वुमन्स च्याम्पियन्स लिग’ असोज अन्तिम साताबाट शुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार प्रेस विज्ञप्ति निकाल्दै वुमन्स च्याम्पियन्स लिग असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
प्रतियोगितामा ५ सहरका ५ टिम रहने छ । आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडी सार्वजनिक गरिसकेको छ । पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।
पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया