घाम लागेपछि खुशीयाली

बर्दिवास, २१ पुस- एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ/नगर बस्तीमा खुशी छाएको छ गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो यसपालि पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै जाडो बढेको थियो गत सोमबारदेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बहँदा जाडोले कठ्याङ्ग्रिएर बस्नु परेको थियो । बिहीबार दिउँसो जिल्लाको उत्तरी क्षेत्रमा घाम देखिए पनि जिल्लाका सबैतिर एकाबिहानै पारिलो घाम भने आज पाँच दिनपछि देखिएको हो गत सोमबारदेखि लगातार बाक्लो हुस्सुले ढाकेर घाम नदेखिँदा बढेको चिसो बिहीबार दिउँसो पारिलो घाम देखिएसँगै जिल्लाको बर्दिवास क्षेत्रमा राहत महसुस गरिएको थियो । आज त सबैतिर एकाबिहानै पारिलो घाम लागेपछि यहाँका बजारमा ह्वात्तै चहलपहल बढेको छ घाम देखिनासाथ पाँच दिनदेखि जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घर बाहिर निस्केका छन् । पारिलो घाम लागेपछि स्कुले नानीहरु खुशीले दङ्ग पर्दै खेलकुद र पठनपाठनमा लागेका देखिन्छन् एकाबिहानै घाम झलमल्ल देखिएपछि अब मौसम राम्रो हुने आशमा लुगा धोएर जीविकोपार्जन गर्ने धोबीहरु पानीघाटमा लुगा धुन थालेका छन् । पारिलो घाम देखिएपछि कृषि कार्यमा व्यस्तता बढेको छ भने चौपाया बस्तुभाउ खोलेर डुलाउन पशुपालक किसान लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?