नेपाल र चीनबीच तीन वटा सम्झौता, मनाङमा अस्पताल बनाइदिने

काठमाडौं । नेपाल र चीनबीच तीन वटा सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो । अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

तीनदिने नेपाल भ्रमणका नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?