काठमाडौँ । तीनदिने नेपाल भ्रमणका नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको हो ।
विदेशमन्त्री यी विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्र बैठक सकिए लगत्तै बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरे लगत्तै उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानुहुनेछ ।
यसअघि, आजै होटल याक एण्ड यतीमा भएको बैठकमा नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । विदेशमन्त्री वाङ यीले नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि भेट्ने कार्यक्रम छ ।
उहाँ मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया