पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोक्ने ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकाले पाकिस्तानको इस्लामवादी लडाकु समूहसँग लड्नका लागि पर्याप्त काम गर्न नसकेको भन्दै उसलाई उपलब्ध गराउँदै आएको सबै सैन्य सहायता निलम्बन गर्ने बताएका छन् अमेरिकी विदेश मन्त्रालयले इस्लामावादले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही अघि नबढाएसम्म सुरक्षा सहायता निलम्बन गर्ने बताएको हो त्यस्तै, यो साता सुरु भएको पहिलो दिनदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाबाट अरबौं डलर लिइरहे पनि पाकिस्तानले आतंकवादीलाई शरण दिएको आरोप लगाएका थिए यसैगरी, पाकिस्तानले भने इस्लामवादी सञ्जालहरूसँगको लडाईमा आफूले ठूलो क्षति ब्योहोरेको बताउँ आएको छ अमेरिकाले पाकिस्तानको अफगान तालिबान र उसका सहयोगीहरूलाई सीमापारी अफगानिस्तानमा हमला गर्न दिइरहेको भन्दै गुनासो गर्ने गरेको छ त्यसलाई इस्लामावादले अस्वीकार गर्छ तर ट्रम्पले भने आफू राष्ट्रपति भएदेखि नै त्यसको आलोचना गर्दै आएका छन् अमेरिकाको विदेश मन्त्रालयकी प्रवक्ताले पाकिस्तानले लडाकुहरूविरुद्ध निर्णायक कदम नचाल्दासम्म सुरक्षा सहायता निलम्बन गर्ने वासिङ्टनले निर्णय गरेको बताएकी हुन् कति रकम बराबरको सहायता रोक्न लागिएको हो भन्ने विषयमा केही खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?