राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

appharu
0
Shares

काठमाण्डौं । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो । तस्वीर रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?