काठमाडौं– नेपाली काँग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, र उपसभापति विजयकुमार गच्छदार, कास्कीमा नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि,
मकवानपुरमा महामन्त्री डा शशांक कोइराला,
भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का र
काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।
जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन पारेर काँग्रेसले मंगलबारदेखि दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेको हो । अभियान असोज १० सम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया