रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै अदालतमा निवेदन

appharu
0
Shares

काठमाडौं – टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन परेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा उनीहरुमाथि दुरुत्साहनको आरोप छ ।
जिल्ला अदालतले लामिछाने र कँडेललाई धरौटी र रुकुलाई साधारण तारेखमा रिहा गरेपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता भएको हो ।

सोमबार सरकारी वकिल कार्यालयले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै पुनरावेदन दर्ता गराएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?