चाँदनी जोशीको उजुरी कुर्दै छ नेपाल वायु सेवा

appharu
0
Shares

काठमाडौं।मानव अधिकारका क्षेत्रमा सशक्त योगदान दिने जीवित नेपाली महिलाको स्मरण गर्दा अग्रपंक्तिमा आउने नाम हो चाँदनी जोशी।

स्वास्थ्यले साथ नदिँदा पनि अक्सिजनको बाकस बोकेर लैङ्गिक समानताका लागि हुने नीति–निर्माण र पैरवी कार्यक्रमहरूमा सहभागी हुन पुग्ने हस्तीको नाम हो चाँदनी जोशी।

राष्ट्रसंघीय निकायमा रहेर दक्षिण एसियाको नेतृत्वसमेत गरिसकेकी महिलाको नाम हो चाँदनी जोशी।

अहिले, नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय विमानस्थलबाट अपमानजनक ढंगले नयाँदिल्ली जान नदिएर फर्काइएकी ज्येष्ठ नागरिकको नाम हो चाँदनी जोशी।

जोशीलाई नेपाली अधिकारकर्मीले मात्र चिन्दैनन् विदेशीहरूमा पनि उनी त्यत्तिकै सुपरिचित छिन्।

म्यास्कुलिन कल्चर अर्थात् हैकमवादी व्यवहारका विरुद्ध आजीवन आवाज उठाएकी जोशीले गत साता भारतको नयाँदिल्लीमा सम्पन्न एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिनु थियो, तर अपमानजनक ढंगले आफ्नै देशको राष्ट्रिय ध्वजावाहक विमानबाट ओरालेर घर फर्काइदियो।’

‘सबैलाई थाहा छ, श्वास–प्रश्वाससम्बन्धी समस्याका कारण म अक्सिजनको बाकस लिएर हिँड्छु, पहिलो दिन अध्यागमनबाट मलाई हालसालै डाक्टरले गरेको सिफारिस ल्याउनुस् अनि जानुहोला भनियो, तीन महिनाअघि बनाएको प्रेस्किप्सन त थियो, त्यसका आधारमा म मंगोलिया, थाइल्यान्ड, नयाँदिल्ली नै धेरैपटक जाने–आउने गरिसकेकी थिएँ’, जोशी भन्नुहुन्छ– ‘तर, यसपटक आफ्नै एयरलाइन्स चढौं भन्ने लाग्यो, नराम्रोसँग लज्जित बनेर फर्किनुपर्यो।’ नेपाल समाचारपत्रमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?