काठमाडौं– नेकपाले कास्की क्षेत्र नम्बर २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कास्की–२ का निर्वाचित सांसद रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो ।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।
पार्टीले उम्मेदवार बनाउने तयारी गरेसँगै गौतमको विषयमा कास्की क्षेत्र नम्बर २ मा समेत व्यापक चर्चा सुरु भएको छ ।
नेकपाको अब बस्ने सचिवालय बैठकले गौतमको उम्मदवारीको विषयमा निर्णय हुने एक सचिवालय सदस्यले बताए ।
यसैबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले गौतमको उम्मेदवारीको विषयमा सचिवालयमा गम्भीर छलफल भइरहेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया