नेपाल प्रहरीको सफलता: कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त अठार वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका-३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गरी विवाद हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार रहेका भण्डारीलाई १८ वर्षपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

“बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाउँमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।

पक्राउ परेका भण्डारी भक्तपुरका विभिन्न क्षेत्रमा अस्थायी सहचालकका रुपमा काम गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?