नेपाल भारतबीचको पेट्रोलियम पाइपलाईन कम्प्युटरबाटै उत्घाटन गरिदै

काठमाडौं । बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको उत्घाटन आज गरिदैं छ । नेपाल भारतबीच बनेको क्रस बोर्डर पेट्रोलियम पाइपलाइन भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो कार्यकक्षबाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले स्वीच थिचेर पेट्रोल पठाउदैंछन भने यताबाट नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले रिसिभ गर्ने कार्यक्रम रहेको छ ।
यसरी रिसिभ एको डजेल अमलेखगञ्जमा नेपाल निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन् ।

पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म संचालन हुने र कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाईएको छ । उक्त पाइपलाइनमा प्रती घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउने र तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमले जानकारी दिएको छ । तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ ।

पाइपलाइनबाट आएको तेल भण्डारणका लागि अमलेखगन्ज डिपोमा ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन् । ती ट्याङ्कीमा तेल भरेर राखिएको छ । आजदेखि पाइपलाइनबाट नियमित डिजल आउने छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म निर्माण भएको यो आयोजना लागि २ अर्ब ७५ करोड लागत लाग्ने छ । साथै ६९.५ किलोमिटरमा बनेको पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्दछ ।

स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उदघाटन मध्याहृन १२ बजे हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?