मादक पदार्थ सेवन गरी वडाध्यक्षले नै वडाध्यक्षलाई कुटपिट गरेपछि…

काठमाडौं । वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर-८ का अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन् ।

वडा नम्बर-७ का अध्यक्ष सुरेश थापाले आफूमाथि वडाध्यक्ष लुइँटेलले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुइँटेलले मादक पदार्थ सेवन गरी असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन् ।

गाउँपालिकामा काम गरिराखेका बेला दिउँसो ३ बजे आफूमाथि कुटपिट भएको थापाको भनाइ छ । थापाले उजुरी दिएपछि लुइँटेल सम्पर्कविहीन थिए ।

उनलाई आइतबार साँझ सदरमुकामबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?