NULL

पोखरा फाइनान्सले सेयरधनीलाई बोनस वितरण गर्नेकाठमडाौं, २१ पुस । पोखरा फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण गर्ने भएको छ कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो घोषणा गरेको हो फाइनान्स कम्पनीले १५५ हकप्रद विक्री गर्दैछ । हकप्रदलाई समायोजन हुँदा बोनस दर ८.२६ प्रतिशतमा घट्नेछ फाइनान्स कम्पनीले चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार को ९.५ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ९९ हजार ९०७ रुपैयाँको बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ३२ लाख ७८ हजार ९४२ वितरण गर्ने निर्णय गरेको हो बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ हजार पुग्नेछ कम्पनीले १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद पुस ३० गतेदेखि विक्री गर्देछ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ६४ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?