सरकारले बाँदर संरक्षण केन्द्र बनाउनुपर्छः सांसद अधिकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद हरिराज अधिकारीले सरकारले बाँदरबाट सर्वसाधारणको नोक्सानी रोक्न बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद अधिकारीले बाँदरको बथान–बथानलाई व्यवस्थित गर्ने गरी बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताउनुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा १ मा बाँदरले आतंक मच्चाएको भन्दै उहाँले फुजेल गाउँमा मात्र एक वर्षमा ३२ जना घाइते भएको बताउनुभयो । बाँदरको आक्रमणबाट २०/२५ हजारदेखि २ लाखसम्म प्रतिव्यक्ति उपचार खर्च लागेको र फलफूल र खेतीपातीमा पनि धेरै नोक्शान भएको सांसद अधिकारीले बताउनुभयो ।

यस्तै, उहाँले बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे लगायतका बजार क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न र वितरण गर्न माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?