लामो समयदेखि अवरुद्ध हवाईसेवा पुनः सञ्चालन हुने

दाङ, २१ पुस । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाईसेवा पुनः सञ्चालन हुने भएको छ आउँदो आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान भर्ने सहमति जनाएपछि हवाईसेवा सञ्चालन हुने भएको हो तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र यस क्षेत्रका जनप्रतिनिधिको पहलमा अवरुद्ध हवाई सेवा सञ्चालनका लागि पहल गरिएको हो यसैबीच पुस २३ गते विमानसेवा शुरु गर्नका लागि टिकट बुकिङ पनि खुला गरिएको छ । अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सीमार्फत टिकट बिक्री गर्ने काम शुरु हुने नगरप्रमुख पाण्डेले जानकारी दिए तत्कालका लागि दाङबाट काठमाडौँका लागि रु छ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ दाङमा टिकट बिक्री गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ तथा काठमाडौँमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?