नवलपरासीमा यात्रुबाहक बसमा आगलागी

काठमाडौं । नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।

प्रदेश पाँच ट्राफिक प्रहरीका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । बसमा आगलागी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बसका चालक र सह–चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?