डेंगुको उपचारपछि डिस्चार्ज भए नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत

काठमाडौं । डेंगुको संक्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज हुनुभएकाे छ । डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना हुनुभएका डा. रुइत बुधबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

डा. रुइतको स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले १० दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

याे पनि पढ्नुहाेस्ः

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु,यी हुन् १० लक्षण र बच्ने उपाय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?