पेप्सी ओपन गल्फ शनिबार देखि

काठमाडौं । चौंथो संस्करणको पेप्सी ओपन गल्फ शनिबार गोकर्ण गल्फ कोर्समा हुने भएको छ । प्रतियोगिता बरुण बेभरेज नेपाल प्रालीको प्रायोजनमा हुने भएको छ ।

एक दिने प्रतियोगितामा करिब ८५ महिला र पुरुष गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ । १८ होलमा हुने प्रतियोगिता स्टेबल ३ र ४ ह्याण्डिक्याप फर्म्याटमा हुनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, सिनियर ६० वर्षमाथिको महिला विजेता, जुनियर विजेता, क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, बेस्ट ग्रोसको विजेतालाई पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?