ताप्लेजुङमा खैरो हिराइनसहित एक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले खैरो हिराइनसहित एक जना पक्राउ परेका छन् । पाथिभरा याङ्वरक गाउँपालिका-१ मेवाखावाट इलामका २४ बर्षीय विवेक लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

लिम्बूको साथबाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार शंकास्पद अवस्थामा हिंडिरहेका उनलाई शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?