सिद्धबाबा पहिरो अपडेट : पहिरामा पुरिएर चालकको मृत्यु

काठमाडौं । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।

यो छुटाउनु भयो कि ? गुडिरहेको कारलाई पहिरोले पुरेपछि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?