डिम्याट खाता खोल्न कडाई गर्दै बोर्डले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुले अनधिकृत डिम्याट खाता खोलिएको सम्बन्धमा धेरै गुनासो आएपछि निरीक्षण गर्न सीडीएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ ।

एकै व्यक्तिको नाममा धेरै डिम्याट खाता खोलिएको साथै निक्षेप सदस्यले सम्बन्धित व्यक्तिको उपस्थित बिना नै डिम्याट खाता खोल्ने गरिएको पाइएकाले बोर्डले कडाइ गर्न लागिएको हो ।
हाल १ जना व्यक्तिले २ वटा सम्म डिम्याट खाता खोल्ने व्यबस्था धितोपत्र बोर्डको नियमा रहेको छ । तर अवैध कारोबारका लागि १ जनाले २ भन्दा बढी खाता खोलेको वा अन्य व्यक्तिका नाममा समेत खाता खोलिएको आशंका बोर्डले गरेको हो । आफ्ना निक्षेप सदस्यहरुमा सुक्ष्म नियमन गर्न बोर्डले निर्देशन जारी गरेको छ ।

तस्वीर गूगल

निक्षेप सदस्यहरुको निरीक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाख ७३ हजार ६२५ वटा डिम्याट खाता खोलिएका छन् । अहिलेसम्म ७३ वटा निक्षेस सदस्यहरु रहेका छन् ।

अहिलेसम्म ४ अर्ब ५० करोड कित्ता सेयर डिम्याट भएका छन् । सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या ६४ वटा रहेको छ । मेरो सेयरमा दर्ता भएका डीपी संख्या भने ७२ वटा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?