अमेरिकामा गोली चल्यो, तीनको मृत्यु दुई जना घाइते

एजेन्सी । अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?