इन्द्रजात्रा हेर्न पुगेका प्रहारी हस्तक्षेप, पूर्वडीआईजीसहित केही व्यक्ति पक्राउ

काठमाडौं ।  इन्द्रजात्रा हेर्न बसन्तुपर पुगेकाहरुमाथि प्रहारी हस्तक्षेप भएको छ । प्रहरीले जात्रा हेर्न पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट समेत रहेका छन् ।

प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको बताइएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।

उच्छ्रृंखल गतिविधिमा संग्लन भएका केहीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?