रोल्पा पहिरो अपडेट : एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । रोल्पाको गाउँपालिकाको छेर्लबाङमा पहिरोले घर पुरिएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

बिहिबार राती घरमाथिबाट खनिएको सडक भासिएर खसेको पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

पहिरोले दुई तले ढुंगे घर पुरिँदा २८ वर्षकी शीरकुमारी बुढा, उहाँका ४ वर्षीय छोरा असलको ज्यान गएको हो ।

त्यस्तै शीरकुमारी बुढाका जेठाजु ३८ वर्षका जय बुढा, उहाँकी ३६ वर्षीया श्रीमान मूलज्योति बुढा र उहाँका छोरीहरु ९ वर्षकी देवस्थी र २ वर्षकी करिष्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?