काठमाडौं मल भाडामा नगएपछि…

काठमाडौं । सुन्धारामा रहेको काठमाडौं मल भाडामा नगएपछि दोस्रो पटक पनि टेण्डर आव्हान गरिएको छ । कर्मचारी संचयकोष अन्तर्गत रहेको पूरै मलको लागि मासिक न्युनतम भाडा एक करोड ७ हजार १४ रुपैयाँ तोकेको छ।
काठमाडौं मल संचालन गर्दै आएका ब्यापारी राजु गोर्खालीले संचालन गर्न नसकेपछि गत पुषदेखि छाड्नुभएको हो । उहाँले मासिक दुई करोड ७१ लाख रुपैयाँको दरमा भाडामा लिनुभएको थियो । जसमा भवनको ‘ए’ र ‘वि’ ब्लक थिए । कोषले अहिले ‘ए’ ब्लकका लागि बोलकबोल आह्वान गरेको हो। ‘बि’ ब्लक तर्फको सटरहरु धरहरा निर्माणको लागि भत्काउने भएपछि ‘ए’ ब्लकको लागि खुला गरिएको हो।
गोर्खालीले गत पुषबाट संचालन गर्न छाडेपछि कोष आफैँले भाडामा दिँदै आएको छ। सटर भाडामा लगाउने काम झण्झटिलो भएपछि एकमुष्ट भाडामा दिने तयारी गरिएको कोषका प्रवक्ता ओम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

एकमुष्ट भाडामा लिन इच्छुक व्यक्ति तथा फर्मले असोज १६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्। आवेदन परेको बोलपत्र असोज १७ गतेनै खोलिने कोषले जनाएको छ।
कोषले अहिले ‘ए’ ब्लकका लागि बोलकबोल आह्वान गरेको हो। ‘बि’ ब्लक तर्फको सटरहरु धरहरा निर्माणको लागि भत्काउने भएपछि ‘ए’ ब्लकको लागि खुला गरिएको हो।

दुबै ब्लक गरेर साढे दुई सय हाराहारीमा सटर रहेका थिए । ‘ए’ ब्लकतर्फको जम्मा क्षेत्रफल एक लाख ५ हजार ४३३ वर्गफिट रहेको छ।
कोषका अनुसार बोलकबोल दाखिल गर्ने व्यक्तिले आफुले बोलकबोलको अन्तिम मितिले तीन महिना भित्रमा बैंक ग्यारेन्टी बुझाउनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?