खजुरा गाउँपालिका वडा अध्यक्ष सहित ४ जना पक्राउ, ज्यान मार्ने उद्योगमा किटानी जाहेरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बांकेले नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष सहित ४ जनालाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ल, खजुरा गाउँपालिका १ का रोशन सिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंह खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवकुमार सिंहले जानकारी दिनुभयो ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताको आक्रमणमा कोइरालाको हात भाँचिएपछि कोईरालाका छोराले किटानी जाहेरी दिनुभएको थियो । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरमा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए । घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?