काठमाडौँको एक डान्सबारमा आगलागी

काठमाडौँ | काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ ।

आगलागीबाट डान्सबारको झण्डै दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?