प्रधानमन्त्रीलाई ‘तपाईँको राज्यमा को सुरक्षित छ ?’ भन्दै कांंग्रेसको प्रदर्शन

काठमाडौं । राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । आधा घण्टा धर्ना दिएका उनीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ? भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

यसअघि, आज बिहान नै कांग्रेस जिल्ला सभापतिहरु गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेर दोषीलाई कारबाहीको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?