नेपालगञ्ज विमानस्थलमा भएको गालिगलौज : मन्त्री योगेश भट्टराईको फेसबुक स्टाटस यस्तो

appharu
0
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आशातित मन्त्री हुनुहुन्छ । यूवाहरुले उहाँमाथी निकै ठूलो भरोसा समेत राखेका छन् । पर्यटन वर्ष २०२० नजिकिदै गर्दा यस अभियानलाई सफल बनाउन मन्त्री भट्टराईले निरन्तर अपिल गरीरहनुभएको छ । उहाँको अनुरोध युवाहरुले स्विकारेका छन् । तर विमानको उडान १ घण्टा प्रभावित पारेका कारण युवाहरु तथा विमानका यात्रुहरु उहाँमाथि खनिएका छन् । नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले उहाँलाई गालीगलौज गरेका छन् । भिडियोमा सुन्न सकिन्छ, ‘संस्कृतिमन्त्रीको संस्कार खोई ? मन्त्रीले गर्दा उडान ढिलो भएको भन्दै बनाइएको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै हेरिएको छ । मन्त्री भट्टराईले विमान चढ्न ढीलो भएकोमा क्षमा माग्नुभएको छ ।

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि निकै हप्कीदप्की गरेका थिए । शाही र उहाँको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन्
‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर
शाहीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

भएको के हो ?

यसैबिच मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ :
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३र४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?