पाँच केजी चरेशसहित ३ जना भारतीय पक्राउ

काठमाडौं – मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषध चरेशसहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ। शनिबार दिउँसो हेटौंडा १५ बाट भारतीय नम्बर प्लेट बि। आर। ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित ल्याउँदै गरेको अवस्थामा भारत बिहार जिल्लाका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतोलाई नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?