बराबरीमा रोकियो वायर्न म्युनिख

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

वायर्न म्युनिख आरबी लेपजिगसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लेपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्नले बराबरी खेलेको हो ।

तस्वीर गूगल

खेलको तेस्रो मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा लेपजिगका इमिल फोर्सबेर्गले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमै सकियो । बराबरीसँगै वायर्नले ४ खेलबाट ८ अंक जोडेको छ । वायर्न तेस्रो स्थानमा रहेको छ ।

४ खेलमा १० अंक जोडेको लेपजिग शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?