रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं – अज्ञात समुहको गोली लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । रुपन्देशीको रोहिणी गाउँपालिका ३ मा आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाटैमा गोली प्रहारपछि ढलेको देखेको स्थानियले जनाएका छन् ।

गोली हान्ने समुह बाईकमा आएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको बताइएको छ । गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?