ज्ञानेन्द्र शाही प्रहरीको ‘सुरक्षा’मा

काठमाडौं । नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनुपर्ने विमान ‘डिले’ भएपछि शाहीको समूहले विरोध गरेको थियो ।

आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्री भट्टराईले माफी मागिसक्नुभएको छ । तर, मन्त्रीले झुट बोलेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियान्त समेत रहनुभएका शाहीले खण्डन गर्न पत्रकार सम्मेलन राख्नुभएको थियो ।

पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उहाँलाई पत्रकार सम्मेलन स्थलबाट उद्दार गरेर सुरक्षा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?